Monday, February 8, 2010

आउछु भनि पापिनी ले भर किन पर्नु.......



कुरा एक दिन को हो जब हाम्रो माया को दिन सुरुवात हुने अवसर मिलेको थियो| र हामी फोन मार्फत हामी भोलि को दिनलाई अपेक्षा गर्न थाल्यौ| अब सुरु हुन्छ हाम्रो प्रेम कहानी त्यो दिन म ठिक बिहान को १० बजे त्यहा पुगे र मायालु को पर्तिक्षा गर्न थाले| तेही क्रम निरन्तर चलिरह्यो तर २ घण्टा बितिसक्दा पनि तिनी आइनन्| म आबेश मा आए अनि हतार हतार आफ्नो खल्ती को मोबाइल जिक्दै मोबाइल को आंक दबाना थाले अचानक उसको मोबाइलमा सम्पर्क हुन सकेन| मेरो मनमा अनेक थरि का संका उपसंका प्रेरित भए र मा सरासर उसको घर गइ आगन सम्म टेके र उसको भाइ लाई सोधे भाइ दिदि खोइ ?भाई को जवाफ एस्तो आयो कि दिदि घर मा हुनुहुन्न|मैले कुनै सोच्ने मौका नै पाइन र रित्तो खोक्रिएको मन सान्त पार्दै तेहा बाट फर्किए र घर आए र फेरी भोलि को दिन लाई कुरेर मनमा तिता मिठा सब्द हरु खेलाउन थाले र तेस दिन खाना पनि नखाई बिस्तारमा पलपल उसको याद गर्दै निदाउन पुगेछु मलाई थाहा नै भएंन कति छिटो बिहान मिर्मिरे उजेलो अनि भाले को मिठो स्वोर मेरो कान सम्म गुन्जिन पुगेछ अनि एक कप चिया को चुस्की संगै आफ्नो हिजो को पिडा लाई सुरुवात गरे फेरी उसलाई कहिँ कतै भेट्छु कि भनेर हिडे तर केहि पत्तो लागेन र एक जना मेरो नजिक को बहिनि ले दाई कता जान लाग्नु भएको हो?भनेर प्रस्न गरि तर मेरो मनमा भएका उथलपुथल हरु उसलाई भन्न नकारे संयोगबस उसलाई मेरा सबै बिरितांत पहिले नै थाहा भएको रहेछ जुन कुरा मेरो मायालु ले उसलाई पहिले नै भनिसकेको रहेछ| मैले फेरी उसलाई प्रस्न गरे तिमीले उसलाई देखिनौ उसले निरास मन गर्दै दाई उसको त आज बिहे भयो... त्यो कुरा सुन्ने बितिकै मा छहारी बाट खसे को पानि जस्तै भए र आफुले आफुलाई समाल्न थाले तेती भने सके पछि त्यो बहिनि सरासर आफ्नो काम तिर लागि म भने आफुले गर्दै गरेको काम अरु कसैलाई जिम्मेबारी दिदै घर प्रस्थान गरे र सोच्न थाले हास्न.. लाई ओठ खोले आखा भरि.. आशु भयो.. बाच्नलाई साथ खोजे दुनिया टाडा भयो.. यो माया को संसारमा... तेस्तै तेस्तै भाबुकमा डुब्न थाले अनि जे नहुनु थियो त्यो भयो आखिर धोकेबाज लाई किन सम्झनु भन्दै बिस्तारै भुल्ने प्रयेतन गरे तर सकिन उसको बिहे को केहि दिन पछि अचानक म संग भेट भयो र मेरो काद मा टाउको राख्दै बर्बर रुन थाली र मैले सम्झाउदै भने तिमीले गल्ति गरे पनि म गल्ति को प्रयास्चित गर्छु तिमि मेरी अनि म तिम्रो तर म पनि मुर्ख मानब नै हो आखिर एकपटक सिउदो मा अर्कै को सिन्दुर परे पछि पनि मा तिम्रो नै हु भन्नु मेरो गल्ति सिबाय अरु केहि पनि भेटीदेईन र अहिले सम्म पनि उसलाई विश्वास छ होला म बिना को संसार अन्धकार छ तर मलाई उस प्रति डर अनि भय छ |

No comments:

Post a Comment