Thursday, February 11, 2010

पल पल उनलाई समझदा


किन.. म तिमीलाई मेरै हौ भन्थे. तर तिमीले मलाई खोलाको बगरको ढुंगा पो सोचेकी रहेछौ| तिमीलाई यो कुरा पनि थाहा होला कि त्यो बगर को ढुंगा पनि एकदिन देवता को रुपमा चिनिन्छ| आखिर म प्रति तिमीले किन एकोहोरो माया लगाएको सुनेको थिए माया मा एस्तो हुदैन रे तर आज संसार उल्टा फेरेको छ| कि जुन तिम्रो माया को खातिर मैले मेरा सबै साथीभाई हरुलाई भन्दा दिगो माया तिमीलाई दिए तर मलाई लाग्छ तिमिले मा प्रति गरेको माया अरु केहि नभएर झुटो आस्वासन सिबाय केहि नरहेछ| हुन त तिम्रो पनि आफ्नो बेग्लै संसार छ होला...... साएद तिम्रो माया को संसार मा जन्म लिनु नै मेरो कसुर रहेछ| हुन त तिमीले मलाई अस्विकार गरेको भए पनि आज यो इस्थिती त आउने थियन होला नि तर म तिम्रो माया मा एकोहोरो मैन झैँ पग्लिनु मुर्खता नै हो|| यस्तै यस्तै.......... कथा ले आज मेरो जीवन को गोरेटो अधुरो पो रहने होकी..........................

No comments:

Post a Comment